सक्सेस एडुकेयर लर्निङ सेन्टर : नयाँ व्यवस्थापन, नयाँ दृष्टिकोण, नयाँ सम्भावना
- गाउँ सहर संवाददाता
- ८ माघ बिहीबार, २०८२ | १३:२९:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौंको शैक्षिक क्षेत्रमा आफ्नै पहिचान बनाइसकेको “सक्सेस एडुकेयर लर्निङ सेन्टर” अब नयाँ व्यवस्थापनसहित चाबहिलमा सञ्चालनमा आएको छ। करिब ६ वर्षअघि काठमाडौंको पुतलीसडकबाट शैक्षिक सेवा सुरु गरेको यस संस्थाले हाल चाबहिलको स्तूप अगाडिबाट आफ्ना सेवाहरू औपचारिक रूपमा विस्तार गरेको हो।
स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, विश्वसनीय परामर्श र विद्यार्थी–केन्द्रित सेवामा प्रतिबद्ध रहँदै आएको सक्सेस एडुकेयरले हजारौँ विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ व्यवस्थापनमा प्रवेश गरेसँगै संस्थाले आफ्नो सेवालाई अझै व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने लक्ष्य लिएको छ।
.jpg)
संस्थाकी प्रमुख कार्यकारी अधिकृत (CEO) किनारा खातीका अनुसार, सक्सेस एडुकेयरले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयबाट आधिकारिक स्वीकृति लिएर शैक्षिक परामर्श, अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम, परीक्षा तयारी कक्षा, भिसा आवेदन सहयोग तथा क्यारियर काउन्सिलिङ सेवा प्रदान गर्दै आएको छ।
संस्थाका प्रबन्ध निर्देशक केदार चौलागाईंका अनुसार यहाँ सञ्चालन हुने IELTS, PTE लगायतका भाषा कक्षाहरू अनुभवी नेपाली प्रशिक्षकहरूसँगै विदेशी प्रशिक्षकहरूद्वारा पनि प्रदान गरिँदै आएका छन्। यसले विद्यार्थीलाई केवल परीक्षा पास गराउने मात्र नभई अन्तर्राष्ट्रिय वातावरणमा आत्मविश्वासका साथ प्रस्तुत हुन सक्ने क्षमता विकास गराउने लक्ष्य राखेको छ।
सक्सेस एडुकेयरले आफ्नो सेवा, अवधि, शुल्क, प्रक्रिया र नियमावलीसम्बन्धी सम्पूर्ण विवरणसहितको नागरिक बडापत्र सार्वजनिक गरेको छ, जसले संस्थाको पारदर्शिता, उत्तरदायित्व र व्यावसायिक इमान्दारितालाई स्पष्ट रूपमा देखाउँछ।
.jpg)
संस्थाले केवल व्यवसायिक सेवामा मात्र सीमित नरही विभिन्न विद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूमा विदेशी शिक्षक तथा परामर्शदातामार्फत अंग्रेजी भाषा, क्यारियर काउन्सिलिङ र अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी निःशुल्क कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै अन्तर्राष्ट्रिय शैक्षिक अवसरप्रति सचेत बनाउने काम गरिरहेको छ।
जर्मनी विशेष कार्यक्रम
विशेषगरी जर्मनी अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भाषा कक्षा (German Language Training) र सम्पूर्ण डकुमेन्टेसन प्रक्रियामा सहयोग गर्दै आएको चौलागाईंले जानकारी दिए। जर्मनी केन्द्रित कार्यक्रमले यूरोपियन शिक्षा प्रणालीतर्फ आकर्षित विद्यार्थीहरूलाई लक्षित गर्दै व्यवस्थित मार्गदर्शन प्रदान गरिरहेको छ।
सक्सेस एडुकेयरले अमेरिका, अष्ट्रेलिया, क्यानाडा, न्यूजिल्याण्ड र बेलायत जस्ता प्रमुख अध्ययन गन्तव्यमा जान चाहने विद्यार्थीहरूका लागि भाषा अध्ययन, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भिसा आवेदन तथा सम्पूर्ण शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।
.jpg)
नयाँ व्यवस्थापनसँगै सक्सेस एडुकेयरले आफूलाई केवल एउटा कन्सल्टेन्सी नभई ‘एजुकेशन पार्टनर’ को रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ।
“हामी विद्यार्थीलाई विदेश पठाउने संस्था मात्र होइनौं, उनीहरूको भविष्य निर्माण यात्रामा सहयात्री बन्न चाहन्छौँ” चौलागाईंले भने ।
सक्सेस एडुकेयर लर्निङ सेन्टर आज एउटा संस्थामात्र होइन, विश्वव्यापी शिक्षा सपना बोकेका नेपाली विद्यार्थीहरूको भरोसाको केन्द्र बन्दै गएको छ। नयाँ व्यवस्थापन, अन्तर्राष्ट्रिय स्तरको सेवा, अनुभवी प्रशिक्षक, पारदर्शी प्रणाली र सामाजिक उत्तरदायित्वका साथ अगाडि बढिरहेको सक्सेस एडुकेयर चाबहिल अब शिक्षा क्षेत्रमा नयाँ ब्राण्ड पहिचान निर्माण गर्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा
- तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस