नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता जलविद्युत् कम्पनीमा झुम्मिए
- गाउँ सहर संवाददाता
- २६ जेठ सोमबार, २०८२ | १५:१९:०० मा प्रकाशित
काठमाडौं । लगातारको चार दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा पुगेको छ ।
यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो । अघिल्लो कारोबार दिन आइतबार नेप्से ११ अंकले घटेर २६२९ विन्दुमा कायम भएको थियो । गत साताको मंगलबार नेप्से ३५.७३ अंक, बुधबार ११.९७ अंक र बिहीबार ५.९९ अंकले घटेको थियो ।
आज सूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार नेप्सेमा कुल ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार जलविद्युत् समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । जलविद्युत् समूहको सेयर मूल्य २.४७ प्रतिशतले बढ्दा लगानी समूहमा १.२९ प्रतिशतको वृद्धि भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस