‘‘किनभने हामी गणतन्त्रमा छौं.. यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो’’
- गाउँ सहर संवाददाता
- १५ जेठ बिहीबार, २०८२ | १२:२८:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र जनताको शासन प्रणाली भएको बताएका छन् ।
गणतन्त्र मूल आयोजक समितिद्वारा बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र जनताको शासन प्रणाली भएको बताउनुहुँदै यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुने बताए ।
उनले भने, ‘‘निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ । राजतन्त्रलाई प्रश्नभन्दा माथि राखिन्थ्यो, गणतन्त्रमा आलोचना बाहिर कोही रहन्नन् । आज तपाईं सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ ।’’
प्रधानमन्त्री ओलीले भने, ‘‘हामी सरकार बदल्न पाउँछौं, निडर भएर लेख्न, बोल्न पाउँछौं । अर्काको अधिकारमा दख्खल नदिई आफ्नो अधिकारको वकालत गर्न पाउँछौं । किनभने हामी गणतन्त्रमा छौं । यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो ।’’
हामीले गणतन्त्रलाई संस्थागत गर्दै लैजानु छ – नारामा होइन, व्यवहारमा । हिजोको निरंकुशतन्त्रबाट समाजलाई मुक्त गरेर पूर्वाधार विकासको जुन रफ्तार तय गरिएको छ, त्यो लोकतन्त्र, गणतन्त्रका कारण सम्भव भएको हो । हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रवन्ध भएको छ, त्यो गणतन्त्रको देन हो ।
‘‘हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रवन्ध भएको छ, त्यो गणतन्त्रको देन हो । निरंकुश राजतन्त्रले उपभोग गरेका विलासी अढाइसय वर्ष भन्दा गणतन्त्र स्थापना भएको १७ वर्षमा कयौ गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ ।’’
उनले भने, ‘‘बंशीय शासनका अभियन्ताहरुले गणतान्त्रिक व्यवस्थाको लाभ लिँदै सामाजिक सञ्जालमा प्रवाह गरेका प्रायोजित ‘स्पोन्सर्ड’ सामग्रीभन्दा बाहिर गएर तथ्यहरुको अध्ययन गर्यौं भने हामी यससम्बन्धी स्पष्ट चित्र देख्न सक्ने छौँ । ’’
उनका अनुसार सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौं– अर्थात् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न लागिपरेका छौँ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस