संघीय लोकतान्त्रिक गणतन्त्रले जनअपेक्षा पूरा गर्नुपर्छ - पूर्ण बस्नेत
- गाउँ सहर संवाददाता
- १५ जेठ बिहीबार, २०८२ | ११:४९:०० मा प्रकाशित

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिँदै बस्नेतले जनताको अवस्थामा बदलाब तथा सबैको पहिचान र अधिकारको सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको जनताका मुख्य अपेक्षा भएको भन्दै यी अपेक्षाहरु पूरा गर्न सकेमात्र गणतन्त्रप्रति जनताको आस्था र गौरव बढ्ने बताएका हुन् ।
बस्नेतले व्यवस्था जतिसुकै उत्कृष्ट र उन्नत भएपनि जनताको जनजीवनसँग जोडिएन भने दिगो र टिकाउ नहुने भन्दै समुन्नत समाज निर्माणको अभियानमा सबैलाई एकजुट गराउन गणतन्त्रले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् ।
गरिबी, बेरोजगारी, पछौटेपनलाई परास्त गरेर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउनुपर्ने हाम्रो गणतन्त्र शासकहरुको कुशासन, भ्रष्टाचार र अनियमितताका घटना र काण्डले थिलथिलो बन्दै गएको भन्दै उनले आजको दिनमा मुुलुकका लागि यो सबैभन्दा ठूलो चिन्ता र चूनौतिको विषय भएको बताए ।
यो मुलुकमा राजनीतिक दलहरुले सत्ता प्राप्तिको लागि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको चरम दुरुपयोग गर्ने गरेको उनको आरोप छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस