प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
- गाउँ सहर संवाददाता
- १४ जेठ बुधबार, २०८२ | १३:३६:०० मा प्रकाशित

काठमाडाैं । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन्।
यसअघि मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज प्रमुख सचेतकसँग छलफल गरेका थिए।
सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे।
'प्रत्येक माननीयलाई बोल्न दिएर कसरी सकिन्छ। म दलीय आधारम समय उपलब्ध गराउँछु' सभामुख घिमिरेले भने।
उनले दलीय आधारमा नबोल्ने भए गृहमन्त्री जवाफ दिने प्रस्ताव गरे। 'आज माननीय सदस्यहरूले दलीय आधारमा बोल्नुपर्छ नभए गृहमन्त्रीले समय माग्नु भएको छ। त्यसले गर्दा बसेर वातवारण बनाउनुस् । बल्ल कार्यक्रम अघि बढ्छ' उनले भने, 'माननीय सदस्यहरूले मान्नुहुन्छ भने म उहाँलाई समय दिन्छु। सभाको कारबाही अगाडि लैजानुपर्छ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ आर्थिक वर्ष २०८२/८३ बजेटकाे पूर्णपाठ
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट
- प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब बजेट विनियोजन
- अर्थमन्त्री बिष्णु पौडेल आर्थिक वर्ष २०८२/८३ काे बजेट प्रस्तुत गर्दै ( प्रत्यक्ष प्रसारण)
- ‘‘किनभने हामी गणतन्त्रमा छौं.. यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो’’
- गणतन्त्र दिवस- २०८२ (तस्बिरमा)
- संघीय लोकतान्त्रिक गणतन्त्रले जनअपेक्षा पूरा गर्नुपर्छ - पूर्ण बस्नेत
- आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
- गृहमन्त्री लेखक भन्छन्-'मेरोविरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ?'
- बागमती सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत, यी हुन प्राथमिकताका विषय (पूर्णपाठ)
प्रतिकृया दिनुहोस