प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध
- गाउँ सहर संवाददाता
- १३ जेठ मंगलबार, २०८२ | १४:१०:०० मा प्रकाशित

काठमाडौं । गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेका छन्।
सभामुख देवराज घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताउँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए ।
बैठकमा बोल्दै सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।
उनले भने, ‘स्वयं गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति अध्यागमन कार्यालय प्रमुख रहेका छन्। उहाँको सचिवालय यसमा जोडिएको छ। अख्तियारले अपरेसन सुरु गरेको छ। उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ। ठूलो माछा को हो? अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौँ। यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ।’
अख्तियारले भिजिट भिसामा सेटिङ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएको छ र उनीहरूको डिभाइसहरू अनुसन्धानका लागि पठाइएको छ।
राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा होहल्ला र नाराबाजी गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस