शेयर बजार नकारात्मक भएर बन्द
- गाउँ सहर संवाददाता
- १२ जेठ सोमबार, २०८२ | १५:२४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्र बैंकले १ सय २५ प्रतिशत रहेको शेयर धितो कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गर्ने घोषणा गरेको भोलिपल्टको शेयर बजार नकारात्मक भएर बन्द भएको छ । नेप्से सामान्य घटेपनि कारोबारमा झिनो सुधार देखिएको छ ।
यस दिन नेप्से सूचक २.९७ विन्दुले घटेर २६७७ अंकमा झरेको छ । ७ अर्ब ५८ करोडभन्दा बढीको शेयर कारोबार भएको बजारमा एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ वटा भने नकारात्मक सर्किट लेबलमा पुगेका छन् ।
नयाँ गभर्नरको नियुक्तिसँगै नेपाल राष्ट्र बैंक शेयर कर्जामा थप लचिलो नीति देखाएपनि यसको सकारात्मक प्रभाव भने देखिएन् । आइतबार गभर्नर विश्व पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गर्दै शेयर कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गरेका थिए ।
‘विद्यमान शेयर धितो कर्जाको जोखिम भार १ सय २५ प्रतिशतबाट घटाई १ सय प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेका बेला शेयर कर्जालाई प्रोत्साहन गर्न जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा मार्फत ५० लाखभन्दा माथिको शेयर धितो कर्जामा जोखिम भार घटाइएको हो । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो । राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
प्रतिकृया दिनुहोस