लक्ष्मी माविले मनायो ६७ औं वार्षिकोत्सव
- गाउँ सहर संवाददाता
- १० जेठ शनिबार, २०८२ | १९:५४:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौंमा रहेको लक्ष्मी माविले शुक्रवार ६७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्राङ्गणमा
सम्पन्न गरेको छ ।
विद्यालयका विद्यालयका संस्थापक सदस्य बाबुराम श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे । श्रेष्ठले शैक्षिक विकासका लागि रु १ लाख अक्षयकोष समेत सहयोग गरेका थिए । पोखरा २६ का वडाध्यक्ष तथा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको उद्धेश्य एवम् समितिका योजना बारे जानकारी गराएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत वद्रीनाथ सुवेदीले ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे ।
विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी जिसीले स्वागत मन्तब्य राखेकी थिइन भने अक्षयकोष स्थापना गर्ने दाताहरुको प्रतिनिधित्व गर्दै विनोद ढुंगाना र राजेन्द्रमणि लामिछानेले शुभकामना मन्तव्य राखेका थिए । प्रधानाध्यापक जगन्नाथ अधिकारीेले प्रधानाध्यापकको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा अक्षयकोष तथा विद्यालय स्रोत शैक्षिक पुरस्कार वितरण पढाइ, अनुशासन, नियमित उपस्थिति, सरसफाई, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट अभिभावक पुरस्कार वितरण भएको थियो ।
यसै गरी खेलकुदतर्फ फुटबल, दौड, हाइजम्प, डोरी तान, भलिबल, कबड्डी, हिसाब दौड, लमजम, रसि तान्ने, रिले दौड, चम्चा दौड, सदनात्मक खेल आदिका विजेताहरुलाई पुरस्कार वितरण भएको थियो । गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षक, उत्कृष्ट अभिभावक, कर्मचारी सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक गंगाधर बराल तथा विद्यार्थी सुनिता सापकोटा विद्यार्थी सुशान्त सुनारले गरेका थिए । कार्यक्रममा कक्षा १० का डिभिजन शर्मा, चन्दादाता खेमबहादुर गुरुङ, पोखरा २६ का शिक्षा समितिका सदस्य हरि अधिकारी लगायतले बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस