रस्साकस्सीबीच काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर, तलव खान पाउने भए कर्मचारीले
- गाउँ सहर संवाददाता
- २१ चैत बिहीबार, २०८१ | १४:२५:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् । उनले १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् ।
गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए ।
बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिंदै कार्यकक्षसम्म पुर्याए ।
उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलव सुविधा पनि खुल्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस