प्रदर्शनकारीद्वारा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका ९ वटा सवारी साधनमा आगजनी
- गाउँ सहर संवाददाता
- १५ चैत शुक्रबार, २०८१ | २०:०७:०० मा प्रकाशित

काठमाडौँ । कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कारखानामा राजावादी प्रदर्शनकारीले लगाएको आगो अझै नियन्त्रणमा आएको छैन । सञ्चोलगायत औषधि उत्पादन गर्ने उक्त कारखानामा चार घन्टादेखि आगो नियन्त्रणमा नआएकाे हाे ।
राजावादीहरूले उक्त कारखानाको पार्किङमा रहेको ९ वटा सवारी साधनमा आगजनी गरेका थिए । तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजावादीहरूले प्रदर्शन र सभाको आयोजना गरेका थिए । तर सभा सुरू हुनुपूर्व नै प्रहरीसँग मुठभेडमा उत्रिएपछि तीनकुने क्षेत्रको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो ।
उत्तेजित राजावादीहरूले पार्टी कार्यालय, सञ्चार गृह र निजी घरमा समेत निशाना बनाएका थिए भने भाटभटेनीमा लुटपाटपनि गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस