राजतन्त्र अब फर्किन नसक्ने - महामन्त्री विश्वप्रकाश शर्मा
- गाउँ सहर संवाददाता
- ८ चैत शुक्रबार, २०८१ | १६:२८:०० मा प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्।
कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले राजतन्त्र अब फर्किन नसक्ने बताए। उनले महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै भने, ‘हामीले, हाम्रा अपाङ्गता भएका साथीहरुको अगुवाइमा दरवारमार्गको सडकमा ह्वील चेयरमा बसेर बिदा गरेको राजतन्त्र रथ चढेर फिर्ता हुने आशमा छ, अब त्यो सम्भव छैन भन्ने सन्देश दिनुहोला।’
महामन्त्री शर्माले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गणतन्त्र पक्षधर विद्यार्थी संगठनले प्राप्त गरेको मतले पनि गणतन्त्र पक्षधरताको अवस्था देखाएको बताए।
उनले कांग्रेसको महाधिवेशन विधानले निदृष्ट गरे अनुसार नै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे। ‘कांग्रेसको विधानले गरे अनुसार नै महाधिवेशन हुन्छ, त्यसमा कुनै शंका गर्नु पर्दैन, २०८४ सम्म अधिवेशन नहोलाकी भन्ने केहीलाई लागेको छ, त्यस्तो हुन्न’ भने।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस