गाउँ सहर

झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

झापा । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार शर्मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतान्तरमा पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाएका छन् । यो जीतसँगै शर्माले तेस्रो पटकको प्रयासमा झापा १ बाट जित निकालेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत