नौ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुग्यो
- गाउँ सहर संवाददाता
- ७ चैत बिहीबार, २०८१ | १६:०४:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.२० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको नौ महिनामा व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशत छ भने आयातको हिस्सा ८७.८७ प्रतिशत रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.९० प्रतिशत थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस