नौ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुग्यो
- गाउँ सहर संवाददाता
- ७ चैत बिहीबार, २०८१ | १६:०४:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.२० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको नौ महिनामा व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशत छ भने आयातको हिस्सा ८७.८७ प्रतिशत रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.९० प्रतिशत थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस