२५ करोड रुपैयाँ केरूङ लैजान लागेका ट्रक चालक लामा सुन तस्करीमा जेल बसेका थिए
- गाउँ सहर संवाददाता
- ५ चैत मंगलबार, २०८१ | १४:५७:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंमा २५ करोड रुपैयाँ बढी रकमसहितको ट्रक चलाउँदै गर्दा पक्राउ परेका व्यक्ति यसअघि पनि सुन तस्करी मुछिएका व्यक्ति भएको खुलेको छ।
सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । ट्रकमा लुकाएर राखिएको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँसहित राति १० बजेतिर टोखास्थित झोर महांकालबाट प्रहरीले ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।
'क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेका हौं,' आज पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने । प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । गाडीका चालक रहेका उनी एक्लै थिए । प्रहरीले बरामद गरेको ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ ।
२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यस बेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।
उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस