राप्रपाद्वारा ‘हाम्रो राजा आउँदैछन्, नारायणहिटी खाली गर’ भन्दै विराेध प्रदर्शन, सवारी आवागमन अस्तव्यस्त
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण बुधबार, २०८१ | १४:५७:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडाैँमा विरोध प्रदर्शन गरेकाे छ । साे विराेधमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँपनि देखिएका छन् । राप्रपाले राजतन्त्रको समर्थनमा विरोध प्रदर्शनसहित मोटरसाइकल र्याली गरेको थियो ।
नारायणहिटीबाट सुरु भएको मोटरसाइकल र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरुको समेत सहभागिता रहेको थियो । सो क्रममा मेडिकल व्यवसायी प्रसाईँ समेत सहभागि भएका हुन् । उनी अध्यक्ष लिङ्देनसहितका शीर्ष नेताहरुको साथमा देखिँदा राप्रपाका नेता कार्यकर्ताहरुले स्वागतमा नाराबाजी गरेका थिए ।
विराेध सभामा राप्रपाले ‘हाम्रो राजा आउँदैछन्, नारायणहिटी खाली गर’ भन्दै नाराबाजी गरेको थियो ।
माोटरसाइकल र्यालीका कारण काठमाडौँका सवारी आवागमन अस्तव्यस्त भएको थियाे । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी हुँदा रिङरोड भित्रका सडक अस्तव्यस्त भएका थिए ।
र्याली कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्र, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर समापन भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस