कला
लघुकथा : व्यापार
- नारायणप्रसाद निराैला
- १३ पौष शनिबार, २०८१ | ०६:५२:०० मा प्रकाशित
~ नानि भारद्वज
"यहाँ एक चिम्टी हाँसो पाइन्छ हजुर ?" पसलको साहुलाई सोधेँ ।
" किन चाहियो हाँसो ?" साहुले तुरुन्तै प्रतिप्रश्न गरे।
" म पनि जीवनमा अलिकति हाँसो चाखौं कि भनेर, हजुर !"
"यहाँ हाँसो जोसुकैले पाउँदैन महोदय !"
" मैले नपाए कसले पाउँछ त हजुर ?"
"आँट र गाँठले मात्रै पाउँछ।"
" आँट त त्यति छैन तर जीवनभर दुःख गरेर भेला पारेको अलकति गाँठ चैं छ, हजुर !"
" के कति छ ल्याउँ ?"
" यो मेरो इमानदारिता, यो नैतिकता र यो मेहनत जम्मा तीन गाँठ छन्, हजुर !" मैले आजसम्म आर्जन गरेकोे सर्वस्व सुम्पँदै भनें।
साहुको मुनाफाखोर ग्रन्थीले उत्तेजित हुँदै भन्यो,
" यो पुँजीवादी राज्यसत्ताको सरंक्षणमा रहेको बजार हो महोदय, यहाँ हाँसो भन्दा आँसु सस्तो पाइन्छ।"
प्रतिकृया दिनुहोस