शेयरबजारमा उत्साह : ७५ अंककाे वृद्धिमा १४ अर्ब बढिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण आइतबार, २०८१ | १४:५८:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजारमा आइतबार लगानीकर्तामा ठूलो उत्साह देखिएको छ ।
नेप्से परिसूचक ७५.२४ अंकले बढ्दा १४ अर्ब २५ करोडको कारोबार भएको छ । आइतबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटामा गिरावट आएको छ । अन्य ४ वटामा कुनै पनि परिवर्तन भएन ।
समूहगत रूपमा म्यानुफ्याक्चर, लाइफ इन्स्योरेन्स, होटल र फाइनान्स समूहमा ४ प्रतिशत माथिको वृद्धि देखियो । म्युचुअल फन्डमा गिरावट आउँदा अन्य सेक्टरमा पनि नेप्सेकै औसतमा वृद्धि भएको छ ।
हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गर्डियन माइक्रो लाइफ इन्स्योरेन्समा १० प्रतिशतको वृद्धि देखिँदा एनआरआईसी र एचआरएलमा सबैभन्दा बढी कारोबार भएको छ ।
यति ठूलो वृद्धिमा पनि समाज लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ । ग्रामीण विकास लघुवित्तसँग मर्जरको निर्णयले समाजमा गिरावट आएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
प्रतिकृया दिनुहोस