उपत्यकामा हल्का वर्षा, अन्य जिल्लामा हिमपात
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण शुक्रबार, २०८१ | १३:३४:०० मा प्रकाशित

काठमाडौँ । हिउँदयामको अन्तिम अवधिमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहितका जिल्लामा वर्षा भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी प्रभाव रहेकाले बढी पानी परिरहेको छ । पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ ।
सबैभन्दा बढी वर्षा बैतडीमा भएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ । यसैगरी बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३० मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै कास्कीको माछापुच्छ्रे क्याम्पमा २४.८ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र गण्डकी, बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।’
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भइरहेको छ । रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।
त्यस्तै हुम्लामा पनि बाक्लो हिउँ परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आज दिनभर नै पानी पर्ने र रोकिने क्रम जारी रहने छ । तर धेरै पानी भने पर्ने छैन । ‘काठमाडौंमा आज सिमसिम पानी पर्छ र दिनभर नै डिस्टर्ब होलाजस्तो देखिन्छ,’ महाशाखाले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस