मन्त्रालयलाई कुलमानकाे उल्टै प्रश्न : यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ?
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण बिहीबार, २०८१ | १५:३१:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।
आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको बताएका छन् ।
“...कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?,” उनले प्रश्न गरेका छन्, “कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ । स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारबाही गर्न मिल्दैन ।”
यस्तै, घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको उनले उल्लेख गरेका छन् । 'मेरो नियुक्तिश्चात् प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,' उनको स्पष्टीकरणमा भनिएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर सोधिएको पत्रमा घिसिङले ११ फेब्रुअरी, २०२५ मा नयाँदिल्ली भारतमा आयोजना भएको ज्वाइन्ट स्टिरिङ कमिटीको बैठकमा सहभागी हुन प्राधिकरणको कार्यकारी निर्देशक समेतलाई मनोनयन गरिएको उल्लेख गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
प्रतिकृया दिनुहोस