नेविसंघले विश्वविद्यालय पुगेर उपकुलपति प्रा. डा. केशरजङ्ग बरालसँग के माग्याे ?
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण सोमबार, २०८१ | १९:४४:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरणरसतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार विश्वविद्यालय पुगेर उपकुलपति प्रा. डा. केशरजङ्ग बरालसँग गुणात्मक रूपान्तरण तथा सतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको हो ।
केन्द्रीय कार्यसमितिले गत चैत्र १८ गते उपकुलपति बराललाई बुझाइएको सुझाव पत्र बमोजिम कार्यप्रगति विवरण माग गरेको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
सुझाव पत्रमा विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यकालको सोच पत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयन भए–नभएको विषयमा जवाफ मागिएको उनले बताए । ‘हामीले झण्डै एक वर्ष अघि सुझाएका समस्या र समाधानका उपायहरू आंशिक रूपमा मात्रै कार्यान्वयन भएको पाइयो,’ प्रवक्ता सेजुवालले भने ।
उनले विश्वविद्यालयको गुणात्मक रूपान्तरणका लागि उठाएका मागहरू सम्बोधन नभए विश्वविद्यालयका पदाधिकारीविरुद्ध आन्दोलन गर्ने विषयमा उपकुलपति बराललाई सचेत गराइएको पनि बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस