एन्फा महिला लिगमा अपराजित रहँदै च्याम्पियन बन्यो एपिएफ
- गाउँ सहर संवाददाता
- १६ माघ बुधबार, २०८१ | १७:५४:०० मा प्रकाशित

काठमाडौं । शस्त्र प्रहरीको एपिएफ क्लबले एन्फा महिला लिगको उपाधि जितेको छ। लिगमा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० गाेलले पराजित गर्दै उपाधि जित्न सफल भयो। उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
एपिएफको जितमा सविता राना मगरको २ गोल गर्दा सरु लिम्बु र अनु लामाले समान १–१ गोल गरेका थिए। २०६८ सालयता विभिन्न प्रारुपमा भएका प्रतियोगिताहरुमा एपिएफ निरन्तर च्याम्पियन बन्न सफल भएको छ।
दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेपनि एपिएफले दोस्रो हाफमा भने सानदार प्रदर्शन गर्दै सबै चार गोल सम्भव बनायो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा पुलिस दोस्रो हाफमा निस्प्रभावि बन्यो।
खेलको ६४औं मिनेटमा सबिता राना मगरले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाइन्। पहिलो गोल खाएर राम्रो सम्हालिन नपाउँदै ६९ औं मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो। रश्मी कुमारी घिसिङको हेड पोलमा लागेर फर्किदा पाएको रिबाउन्डलाई सरुले गोलमा परिणत गरिन्।
८३ औं मिनेटमा प्रीती राईको पासमा सविताले ब्यक्तिगत दोस्रो गोल गर्दा पुलिस निरीह बन्यो। इनजुरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै टिमलाई ४–० को अवस्थामा पुर्याइन्। जितसँगै एपिएफ अपराजित रहँदै च्याम्पियन बन्न्यो।
एपिएफ जारी लिगमा एकपटक पुलिससँग बराबरीमा रोकिएको थियो। बाँकी सबै खेलमा उसले जित निकाल्यो। अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले पहिलो चरणको लिगमा ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो। त्यस्तै अन्तिम चरण डबल राउन्ड रोबिन फरम्याटमा भयो। जहाँ एपिएले ८ मा ८ खेल नै जित्यो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस