गाउँ सहर

प्यालेस्टिनीमाथि इजरायली संहारविरुद्ध नेपालमा हस्ताक्षर अभियान

काठमाडौं । प्यालिस्टनीमाथि इजरायलले गरिरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ ।

सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो ।

हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् । नेताहरू उपेन्द्र यादव लगायतको समर्थन रहेको बताइएको छ ।

नागरिक अगुवा तथा लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत