शैक्षिक संस्थाका स्पाेर्टस्ले खेलकुदमय पोखरा
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर आइतबार, २०८१ | १६:२४:०० मा प्रकाशित

पाेखरा । पोखरा रंगशालामा विभिन्न शैक्षिक संस्थाको आयोजनामा भएका खेलकुदले पोखरा नै खेलकुदमय बनेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान कास्कीको आयोजनामा १७औं हिसान कास्की स्पोर्टस मिट २०८१ सम्पन्न भएको हाे ।
मंसिर १९ गतेदेखि प्याब्सन कास्कीले तथा मंसिर २५ देखि २८ गतेसम्म निजी विद्यालयको अर्को छाता संस्था नेसनल प्याब्सन एनप्याब्सन कास्कीको आयोजनामा १४ औं नेसनल प्याब्सन कास्की खेलकुद महोत्सव–२०८१ हुँदैछ ।
एनप्याब्सन कास्कीको पत्रकार सम्मेलनमा कास्की अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीमा निहीत प्रतिभा प्रस्फुटनका लागि नियमित कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट आयोजना गरिएको बताए । यसबाट बालबालिकामा अन्तरनिहीत प्रतिभा खारिने मौका पाएको र विद्यार्थीको सवाङ्र्गीण विकासमा सहयोग मिलेको उनले दाबी गरे । ४९ विद्यालय आबद्ध रहेकामा ४६ विद्यालयका करिब ८ हजार ५ सय जना विद्यार्थी विभिन्न खेलकुद प्रतियोगितामा भाग लिने भएका छन् ।
औपचारिक उद्घाटन २५ गते पोखरा रंगशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने उनलेे वताए । त्यसअगावै पोखराका विभिन्न खेल मैदानमा २१ मंसिरद ेखि नै विभिन्न खेलहरु सुरु हुनेछन् । प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, ब्याण्डमिन्टन, क्रिकेट, ह्याण्डबल, फुटसल, एथलेटिक्स एवं ५ किमी सडक दौड लगातयका खेल हुने छन् । ५ किमी दौड भने २२ मंसिरमै हुनेछ ।
यता प्याब्सन कास्कीको यही १९–२३ मंसिरसम्म पोखरा रंगशालामा स्पोर्टस् मिट हुँदैछ । प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्ध रहेकामध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिन लागेको पाैडेलले बताए ।
कास्कीमैकृष्णबहादुर केसीको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महासंघ कास्की गठन गरिएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष केसी पोखरा पब्लिक स्कुलका संस्थापक हुन् । उनको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस