लिटल फ्लावरमा खेलकुद
- गाउँ सहर संवाददाता
- २८ कार्तिक बुधबार, २०८१ | १४:०८:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सप्ताह बुधवारदेखि सुरु भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्काले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्धेश्यले वार्षिक कार्यक्रम अन्तरगत स्पोर्टस् संचालन गरिएको बताइन् ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल बिकल पौडेलले खेलकुदको विकासका लागि विद्यालयले विभिन्न खेल अभियानमा जोड दिएको बताउँदै खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आवश्यक पर्ने बताए ।
कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेलले शुभकामना दिदै खेलमा उत्कृष्टता हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गरे । कार्यक्रमको सञ्चालन गर्दै अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले कार्यक्रममाथि प्रकाश पारेका थिए । स्कुल क्याप्टेन आसिका तामाङले शुभकामना मन्तव्य राखेकी थिइन् ।
सञ्चालक अध्यक्ष देवी खड्का र प्रिन्सिपल बिकल पौडेलले संयुक्त रुपमा बास्केटबल प्रशिक्षक निबृत्ति शर्मालाई बल हस्तान्तरण गरी खेलको सुरुवात गरिएको थियो । खेलकुद अन्तर्गत विभिन्न दुरीका दौड, रिले, भलिवल, फुटवल, लङजम्प, बेलुन फुटाई, तातोआलु, बास्केट बल लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाईने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस