टीभीएसको मोटरसाइकल किन्दा साहले जिते दश लाख रूपैयाँ
- गाउँ सहर संवाददाता
- २० कार्तिक मंगलबार, २०८१ | १९:०५:०० मा प्रकाशित
काठमाडाैं । टीभीएसको मोटरसाइकल किन्दा जनकपुरका उतीम साहले दश लाख पाचपाँच हजार रूपैयाँ जितेका छन्।
महान चाड दसैं, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले मोटरसाइकल किन्नुअघि पाँच हजार र मोटरसाइकल किनिसकेपछि दश लाख रूपैयाँ जितेका हुन्।
त्यस्तै, महा–एक्सचेन्ज मेला भृकुटीमण्डपमा टीभीएसको सवारी साधन किन्दा टेकराज गुरुङले पाँच लाख पाँच हजार जितेकाछन्।
उनले किन्नुअघि पाँच हजार र किनिसकेपछि पाँच लाख रूपैयाँ जितेका हुन्।
त्यस्तै, प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्यास ब्याक र सवारी साधन किन्नुअघि पाँच हजार जितेको कम्पनीले जानकारी दिएको छ।
त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स धनगढीमा टीभीएसको सवारी साधन किनेका सञ्जित चौधरीले २५ प्रतिशत क्यास ब्याक र किन्नुअघि पाँच हजार जितेका थिए।
साथै ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हालसम्म दुई जनाले नगद १ लाख, चार जनाले नगद ५० हजार, १० जनाले नगद २५ हजार, १५ जनाले नगद १५ हजार र १८ जनाले नगद ५ हजार जितेका छन्।
दुईपाङ्ग्रे सवारी साधन ब्राण्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका आधिकारिक बिक्रेता मार्फत टीभीएसका सवारी साधन किनेका उपभोक्ताहरु मध्ये नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरु घोषणा गरेको हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ट्रम्पकाे शपथ ग्रहण गर्न ७५ दिन लाग्ने: यस अवधिमा के हुन्छ; वाइडेनले कसरी शक्ति हस्तान्तरण गर्नेछन् ?
- यु-१९ महिला विश्व कप छनोटमा नेपालको विजयी सुरुवात
- अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
- सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- वा.............शैलुङ
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि १० राज्यमा मात्र मतगणना बाँकी, २५ मा ट्रम्प र १५ मा ह्यारिस
- २५ प्रदेशमा डाेनाल्ड ट्रम्प अगाडि, ८ मा कमला ह्यारिस
- ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
- आज बुधबारकाे माैसम : केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस