रवि लामिछानेसहित चार जनालाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- गाउँ सहर संवाददाता
- २० कार्तिक मंगलबार, २०८१ | १७:०७:०० मा प्रकाशित
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।
सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिष गरेका थिए ।
भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ट्रम्पकाे शपथ ग्रहण गर्न ७५ दिन लाग्ने: यस अवधिमा के हुन्छ; वाइडेनले कसरी शक्ति हस्तान्तरण गर्नेछन् ?
- यु-१९ महिला विश्व कप छनोटमा नेपालको विजयी सुरुवात
- अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
- सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- वा.............शैलुङ
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि १० राज्यमा मात्र मतगणना बाँकी, २५ मा ट्रम्प र १५ मा ह्यारिस
- २५ प्रदेशमा डाेनाल्ड ट्रम्प अगाडि, ८ मा कमला ह्यारिस
- ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
- आज बुधबारकाे माैसम : केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस