नेपाल इन्भेस्टमेन्ट मेगा र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही
- गाउँ सहर संवाददाता
- १९ कार्तिक सोमबार, २०८१ | १७:१३:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुईवटा बैंकलाई कारबाही गरेको छ । एउटा वाणिज्य र एउटा विकास बैंक गरी दुईवटा संस्थालाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
पहिलो त्रैमासमा राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो । खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकाले उक्त बैंकलाई कारबाही स्वरुप सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
यस्तै, मितेरी डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंक पनि कारबाहीमा परेको छ । मितेरी बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाहीमा परेको हो ।
उक्त संस्थालाई राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बुँदा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा बिस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ट्रम्पकाे शपथ ग्रहण गर्न ७५ दिन लाग्ने: यस अवधिमा के हुन्छ; वाइडेनले कसरी शक्ति हस्तान्तरण गर्नेछन् ?
- यु-१९ महिला विश्व कप छनोटमा नेपालको विजयी सुरुवात
- अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
- सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- वा.............शैलुङ
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि १० राज्यमा मात्र मतगणना बाँकी, २५ मा ट्रम्प र १५ मा ह्यारिस
- २५ प्रदेशमा डाेनाल्ड ट्रम्प अगाडि, ८ मा कमला ह्यारिस
- ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
- आज बुधबारकाे माैसम : केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस