स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेसबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सम्झौता
- गाउँ सहर संवाददाता
- १२ कार्तिक सोमबार, २०८१ | १८:३३:०० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरूले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेस मनि ट्रान्सफरका तर्फबाट निर्देशक कृष्ण राज पौडेल बीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।
विगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो ।
यस सेवा मार्फत बैंक बितिए संस्था लगायत रेमिटेन्स कम्पनी , ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरूले आफ्ना सेवाग्राहीका नेपालभरिका जुनसुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्ने कम्पनीले जनाएको छ । यस सेवाको सुरुवात पश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत प्राप्त हुने रेमिटेन्स रकम बैंक खातामा ट्रान्सफर अझै छिटो–छरितो र भरपर्दो बन्ने दुवै पक्षले जनाए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरूकाे विषय संसदमा प्रवेश, दमनप्रति सांसदहरूकाे प्रश्न (लाइभ)
- आन्दोलन थप चर्काउँदै शिक्षक, गाउँमा रहेकाहरूलाई काठमाडौंमा आउन अपिल
- मधेश प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा २१ करोड भ्रष्टाचार भएको भन्दै तत्कालीन सचिव र निर्देशकविरुद्ध मुद्दा दायर
- बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत
- कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
- निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप, महासंघले बोलायो आकस्मिक बैठक
- संसदमा के छलफल चलिरहेकाे छ ? (लाइभ)
- डोल्पामा गयो भूकम्प
- वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
- प्रधानमन्त्री ओलीको टिप्पणी–सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू देउवा फर्केपछि फत्रक्क गले
प्रतिकृया दिनुहोस