रवि लामिछानेलाई क्लिनचिट भाष्य र सहकारी ठग जीबी राई राष्ट्रपतिको सल्लाहकार पंक्तिमा देखिनु राष्ट्रकै निम्ति एउट लज्जास्पद
- गाउँ सहर संवाददाता
- ८ कार्तिक बिहीबार, २०८१ | ०८:४२:०० मा प्रकाशित

काठमाडाैँ । नेकपा एमालेका नेता तथा सहकारी संसदीय छानविन समितिका सभापति सूर्य थापाले केही सीमित संचारमाध्यममा रवि लामिछानेलाई संसदीय छानविन समितिले क्लिनचिट (सफाइ) भाष्य र सहकारी ठग जीबी राईको कानुनी सल्लाहकार रहेको व्यक्ति राष्ट्रपतिको सल्लाहकार पंक्तिमा देखिनु राष्ट्रकै निम्ति एउट लज्जास्पद दृश्य भएकाे बताएका छन् । उनले सामाजिक सञ्जालमा साे कुरा बताएका हुन् ।
उनले भनेका छन-
२०८१ भदौ ३१ पछि नयाँ पत्रिका र अरू केही सीमित संचारमाध्यममा रवि लामिछानेलाई संसदीय छानविन समितिले क्लिनचिट (सफाइ) दिएको भन्ने ब्यानर समाचार संम्प्रेषण गरिनु नै तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता थियो। मेरो अनुभवमा संसदीय छानविन समितिको कामलाई सबभन्दा कम महत्त्व दिने र कार्यादेश (TOR)भन्दा विषयान्तर गराउने गरी सम्प्रेषण गर्न निरन्तर उद्यत भएको ब्रोडसिटमध्ये नयाँ पत्रिका अग्रणी थियो। सफाइ पाएको भन्ने भाष्य निर्माणबाट स्वयं लामिछानेजी असोज ८ गते बेलुकाकाे ३९ मिनेट लामो फेसबुक लाइभमार्फत पछि हटिसक्नुभएको सर्वविदितै छ।यसमा लाहुरेभन्दा गुन्टा बढी उफ्रिनुको मज्जा पनि आआफ्नो ठाउँमा होला नै!
चाहे बाबुराम कुँवर होउन वा हरि वशिष्ठ जीबी राई र केदारनाथ शर्मालाई सशुल्क/निःशुल्क सल्लाह दिएर आजको नियतिमा पु-याउन साथमा रहेको जानकारी नभएको/ नआएको होइन। तर हामी कार्यादेश/उजरी/ गुनासो/ निवेदनबेगर अरू ढंगले कार्यसम्पादन नगर्न निधारित सिमामा थियौं। अहिले ब्यानर समाचार बनाउने पत्रिकाको आधार पनि समितिको प्रतिवेदन नै भएको छ,यसमा खुशी नै लागेको छ।
छानविनको ९९ दिनमध्ये कम्तिमा ८९ दिनभित्र यस्ता रिपोर्टिङ गरेको भए सहयोग नै पुग्दथ्यो। लगनपछिको पोतेको खासै प्रयोजन नभएजस्तै ९९ दिनमा काम सकेर प्रतिवेदन संसदमा प्रस्तुत गरेको पनि ३६ दिनपछि शृङ्खलाबद्ध ब्यानर समाचार आउनु पनि साथीहरूको कडा मेहेनत नै हो।
अहिले रवी, छवि, रम्तेल र जिबी राईमाथि प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिसअन्तर्गत अनुसन्धान गर्ने निकायले छवि र रविलाई करिब एक महिनाको अन्तरालमा पक्राउ गरी प्रहरी हिरासतमा राखेर अदालतको अनुमतिमा अनुसन्धान चलिरहेको छ। यसलाई विषयान्तर गर्ने जोकोहीको कोसिस र नियत छर्लङ्ग छ।
रवि, छवि, जीबी र रम्तेलमाथि जो अनुसन्धान र अभियोजन चलिरहेको छ, यसलाई निष्कर्षमा पु-याउने कार्यमा कुनै अवरोध, विषयान्तर र अन्यथा आग्रहको अर्थ देखिदैन।
सहकारी ठग जीबी राईको कानुनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पंक्तिमा विराजमान देखिनु भने राष्ट्रकै निम्ति एउट लज्जास्पद दृश्य हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
- लगातार घटेको नेप्से बुधबार दोहोरो अंकले बढ्याे
- मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
प्रतिकृया दिनुहोस