राप्रपाका अध्यक्ष लिङदेनलाई पाठककाे खुला पत्र : तपाईंको निर्णयले तपाईंलाई ऐठन हुनेछ
- गाउँ सहर संवाददाता
- १८ असोज शुक्रबार, २०८१ | ०९:१३:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको भारतमा क्यान्सरको उपचार गराइरहेका महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि नेता तथा कार्यकर्तामा आक्रोश देखिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुखको मनोनयन गरेका छन् ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संगठन विभागको प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पाएका छन् ।
यसअघि संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा थिए भने बुद्धिमान राजनीतिक विभाग प्रमुख थिए । धवलशमशेर पार्टीको आन्दोलन परिचालन समितिको संयोजक छन् । त्यस्तै ध्रुवबहादुर प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागमा भने रोशन कार्की थिइन् ।
त्यस्तै राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापालाई जिम्मेवारी दिइएको छ ।
यस सम्बन्धमा असन्तुष्टी जनाउँदै निर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले अध्यक्ष लिङ्देनलाई खुला पत्र लेखेका छन् ।
पत्र जस्ताकाे तस्तै :
राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङदेन ज्यूलाई खुला पत्र...
अध्यक्ष ज्यू जसले तपाईंलाई अध्यक्ष aनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्यो, जसले पार्टीमा नयाँ तथा युवा पुस्ताको नेतृत्वको बहस चलायो त्यो ब्यक्ति धबल शमशेर राणा यतिबेला क्यान्सर जस्तो प्राणघातको रोगको कारण उपचारको सिलसिलामा भारतमा छन्।
तपाईंले यतिबेला उनलाई मानिवीय संवेदना नै बिर्सिएर संगठन विभागबाट हटाउनु भएको विज्ञप्ति पढ्दा दु:ख लाग्यो ।
के बितेको थियो यतिबेला उनलाई हटाउनु पर्ने, कम्तिमा उनी उपचारबाट फर्किएपछि बैठकमार्फत नै हटाएको भए राम्रो हुन्थ्यो नि । यतिबेला उनलाई हटाएर उपलब्धि के ? कुन तारा झार्न खोज्नु भएको तपाईंले ? कति उपलब्धि अब हुन्छ त्यो पनि हेर्नु छ ।
तपाईंले जसरी मानविय संवेदनामाथि खेलवाड गर्नु भयाे त्यसमा मेरो समर्थन छैन । म तपाईंको यो निर्णयको बिरुद्धमा एक्लै भएपनि उभिने छु । धेरै प्रयास गरियो तपाईंसँग सहकार्य गर्न तर सफल भइएन ।
एउटा निर्वाचित महामन्त्रीले पाएको विभागमा यसरी तपाईंले खेलवाड नगरेको भए राम्रो हुने थियो । तपाईंको निर्णयले स्वयम तपाईंलाई ऐठन हुनेछ । माननीय अध्यक्ष ज्यु तपाईंको यो निर्णयमा सहमत हुन सकिएन मात्र हाेइन बिरोध गर्न पर्ने अवस्थामा पुगियो ।
महामन्त्री धबल शमशेर राणा उपचारको सिलसिलामा पनि तपाईं र पार्टी प्रति चिन्तित हुनुहुन्छ । हरदिन हामीलाई पार्टीलाई अन्दोलित गराउन र अध्यक्षलाई सहयोग गर्न निर्देशन दिइरहनु भएको छ ।
उहाँको चिन्तामाथि जसरी खेलवाड गर्नुभयो त्यसको हिसाब तपाईंसँग समयले लिनेछ । म तपाईंको उन्नति र प्रगतिको कामना गर्दछु अध्यक्ष ज्यू ।
जय राष्ट्रवाद
जनकराज पाठक
महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस