काठमाडौंमा ११ ब्रान्डका पानीमा दिशामा पाइने फिकल कोलिफर्म भेटियो
- गाउँ सहर संवाददाता
- १३ असोज आइतबार, २०८१ | १६:४८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विभिन्न ११ ब्रान्डका पानीमा दिशामा पाइने फिकल कोलिफर्म भेटिएको छ ।
महानगरपालिकाको टोलीले गरेको अनुगमन र परीक्षणका क्रममा ११ ब्रान्डका पानी पिउन अयोग्य पाइएपछि बिक्री–वितरणमा रोक लगाइएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
महानगरले गएको भदौ १२ देखि २८ गतेसम्मको अनुगमनका क्रममा २१ पानीको नमुना लिएको थियो । ती नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्म रहेको पुष्टि भएको थियो ।
प्रति १०० मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको हो । कोलोनी फर्मिङ युनिट (सीएफयू) सूक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।
खाद्यपदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सूक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।
बिक्री–वितरणमा रोक लगाइएकामा ब्याच नम्बर–१३ को फ्रेस ड्रप, ब्याच नम्बर–१२ को अक्वा पिस, ब्याच नम्बर–६ को कोलभोतेश्वर, अक्वा डिवी, अक्वा माइल्ड, अक्वा कपन, अक्वा गौरशंकर छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस