राप्रपानिकट विद्यार्थीद्वारा नयाँ महाधिवेशन आयोजक समिति गठन गर्न माग
- गाउँ सहर संवाददाता
- २७ भदौ बिहीबार, २०८१ | ०७:००:०० मा प्रकाशित

काठमाडौं । कोमामा गएको विद्यार्थी संगठनलाई जागृत गर्न राप्रपानिकट विद्यार्थी नेताहरुले तत्काल नयाँ महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन् । यसका साथै महाधिवेशनको मिति तोक्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गरेका छन् ।
‘विद्यार्थी संगठन तहसनहस हुन लागेको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुने अवस्था सिर्जना हुन लागेकोमा हामी चिन्तित छौं । त्यसैल नयाँ उर्जासहित संगठनलाई बचाउन हामी एकजुट भएका छौं,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का पूर्वसंयोजक जयप्रकाश बगालले मागपत्र बुधबार बुझाएपछि भने ।
२०७९ साल फागुन २७ र २८ गते सम्पन्न राष्ट्रिय भेलाले सर्बसम्मतिमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी कमल बमलाई संयोजक नियुक्त गरेको थियो । तर, १८ महिना बितिसक्दा पनि महाधिवेशनको गर्ने कुनै काम नभएको भन्ने विद्यार्थी नेताहरुले भनाइ छ ।
‘विद्यार्थी संगठन कुनै विधि विधानमा नचलेको, कुनै माईन्युट तथा दर्ता चलानी नभएको, संगठनको कुनै कार्यालय सञ्चालन सम्बन्धि सामान्य संरचना नभएको र कार्यदिशा समेत स्पष्ट नभएको अवस्था छ । संगठनप्रति सकारात्मक विद्यार्थीहरुले सम्पर्क गर्ने ठाँउ र व्यक्ति नभएको, संगठनमा आवद्ध विद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भएको छ,’ मागपत्रमा भनिएको छ ।
विद्यार्थी संगठनका पूर्वसंयोजक बगाले, पूर्वसहसंयोजक एन्टीसंर्घष राई, कोषाध्यक्ष नर्गिस थापा, केन्द्रीय सदस्यहरु लगायत २८ विद्यार्थी नेताहरुले पार्टी अध्यक्षको नाममा पार्टी केन्द्रीय कार्यालयमा मागपत्र दिएका हुन् ।
बम राप्रविसं संयोजक नियुक्त भएदेखि एउटा पनि बैठक नभएको, महाधिवेशन आयोजक समिति समेत गठन हुन नसकेको भन्दै विद्यार्थी संगठनका प्रतिनिधिमण्डलले राप्रपा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।
लिङ्देनले विद्यार्थी नेताहरुलाई समय दिएअनुरुप झापाबाट राजधानी नफर्केकोमा पार्टी सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले पत्र बुझेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस