गाउँ सहर
रिलायबल नेपाल लाइफका कर्मचारी, बीमित र अभिकर्तालाई शंकरापुर हस्पिटलमा विशेष छुट
- गाउँ सहर संवाददाता
- २० भदौ बिहीबार, २०८१ | १७:११:०० मा प्रकाशित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शंकरापुर हस्पिटलबीच सम्झौता भएको छ ।
बिहीबार कम्पनी र हस्पिटलबीच कम्पनीका कर्मचारी, बीमित र अभिकर्तालाई छुट दिनुको साथै सरल र सहज सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
सम्झौतासँगै अब रिलायबल नेपाल लाइफमा आबद्ध भएका सबैले शंकरापुर हस्पिटलको सेवामा छुट पाउनेछन् ।
सम्झौतापत्रमा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष तथा एमडी डा. रमेश ढकाल र कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर शैलेन्द्र श्रेष्ठ र बागमति प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्ताक्षर गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस