आइएमईका नवनियुक्त सीईओ दिवाकर पौडेलले कार्यभार सम्हाले लगत्तै थाले काम
- गाउँ सहर संवाददाता
- ३१ श्रावण बिहीबार, २०८१ | २०:४८:०० मा प्रकाशित

काठमाडौं । आइएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।
जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।
आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताएका छन् ।
यसैगरी, समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।
डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने पनि पौडेलले उल्लेख गरे ।
यसैगरी, रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहेको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे । यसअघि बुधबार आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस