रोहितआबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी-२० लिगकाे उपाधि
- गाउँ सहर संवाददाता
- २८ श्रावण सोमबार, २०८१ | ०८:०६:०० मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलआबद्ध टोरोन्टो नेशनल्सले क्यानडाको ग्लोबल टी-२० लिग उपाधि जितेको छ ।
फाइनलमा साबिक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टोले उपाधि जितेको हो । यद्यपि, यो खेलमा पनि रोहित प्लेइङ ११ मा अटाउन सकेनन्।
९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गर्यो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए ।
मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए ।
टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक/एक विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस