साउन १५ को खीर, के-के नहाल्ने र केसँग नखाने भन्ने थाहा पाउनुस्
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | ०८:१८:०० मा प्रकाशित
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ ।
खीर मन नपराउने के नै पाे हाेला र ? भएपनि सीमित हाेलान् । त्यसैले नेपालमा त साउन १५ लाइ खीर खाने दिनका रूपमा पनि मनाइन्छ । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ ।
चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ। यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो ।
‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ । यद्यपि खीरमा पाइनेजस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो । तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ । त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्छ । नत्र मिठाे खीर बनाउने चक्करमा मिसाउन नहुने बस्तुहरू पनि हाल्नेहुँदा उल्टै शरीरका लागि असर गर्नेछ ।
हामीले खिचडी, अमिलो खानेकुरा, कागती र सात्तु खीरसँग खानु हुँदैन । त्यस्तै खिरसँग रूख कटहर, भुइँकटहर, माछा–मास, अमिलो फलफूल, मदिरा पनि खानुहुँदैन ।
आयुर्वेदिक डा. विपि तिमिल्सिना हाम्रे भान्सा अर्थात किचन नै हाम्रे लागि अस्पताल भएके बताउँछन् । खानाको सही संयोजनको राम्रो ज्ञान हाम्रो शरीरको लागि एक उपाय हो । त्यस्तै खालको संयोजनको बेमेल विभिन्न रोगहरूको कारण हो । हामी भान्छामा खाना पकाउँछौं । त्यसकारण भान्छाघर एउटा अस्पताल हो उनी भन्छन् ।
आयुर्वेदिक डा. तिमल्सिना भने खीर पकाउँदा काजु किसमिस मिसाउन नहुने बताउँछन् जुन शरीरका लागि एकदम घातक हुन्छ । खीरमा काजु किसमिस, नरिवल बदाम मिसाउँदा विभिन्न रेग लाग्दछ । जस्तै मुटुकाे समस्या, पेट राेगकाे सुरूवात, विस्तारै टन्सिल, बेलीमा समस्या हुन्छ । छातिकाे समस्या, हातखुट्टा पेल्ने, निद्रा समयमा नलाग्ने मात्रै हाेइन विस्तारै पायल्स नै हुन पुग्दछ। तर खीरसँग घिउ खानाले पेटसम्बन्धि राेग कम हुँदै जान्छ। दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले पनि थोरै मात्रामा खान उपयुक्त हुन्छ ।
तर यी रेगहरू सबैमा लाग्छ भन्ने हेइन किन भने उसके उमेर, हुर्काइ, भैगेलिक स्थान, दिनचर्या, शारीरिक अवस्था अनुसार पनि हुने गर्दछ।
खीर धेरैको प्रिय भोजन हो। यसको सांस्कृतिक र औषधिजन्य महत्व छ । खीर खादा के के फाइदाहरू हुन्छन् त त्याे पनि जानि राखाैँ ।
साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ ।
-दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ ।
-चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो ।
-चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ ।
-गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं ।
-खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
-खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल ९खनिज० जस्ता तत्व पाउन सकिन्छ ।
-खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।
-खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो ।
-पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ ।
डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।
आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खीरमा ल्वाङ, घ्यू, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन हितकारी मानिन्छ ।
वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साथै खिर खानेजस्ता पर्व, परम्परा, संस्कृतिले पारिवारिक भेटघाट, मेलमिलाप, भावनात्मक सम्बन्धलाइ अझ प्रगाढ बनाउँदै लैजाने भएकाले यस्ता पर्वकाे शारीरिकसँग मानसिक, सामाजिक सम्बन्धहरूलाइ पनि बलियाे बनाउने अवसर हाे । त्यसैले खीर खाने साउन १५ विशेष दिन हाे भने अन्य समयमा तपाइँ हामीले खाने खीरले पनि धेरै फाइदा पुग्ने गर्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सांग्रिला डेभलपमेन्ट बैंकले मनायाे आफ्नो २०औं वार्षिकोत्सव
- बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु
- राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने
- नेप्से परिसूचक ४६ अंकले बढ्यो
- जन्मदिनमा सिटिजन लाइफकाे बीमा पोलिसी उपहार
- धनतेरसमा के किन्दै हुनुहुन्छ ?
- सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुग्याे
- काठमाडौं महानगरले ताेक्याे फूल बेच्न यी ४६ ठाउँ
- यमपञ्चक सुरू, भाइटीका कता फर्किएर लगाउने ?
- महाेत्तरीमा छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ
प्रतिकृया दिनुहोस