संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न प्रधानमन्त्री प्रचण्डकाे चेतावनी
- गाउँ सहर संवाददाता
- २८ असार शुक्रबार, २०८१ | १३:१८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न चेतावनी दिएका हुन्।
अझै पनि राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल रहेको भन्दै उनले आफूलाई किनारा लगाएर संविधान संशोधन हुन्छ? भन्दै प्रश्नसमेत गरे।
‘साथीहरुलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला। तपाईंहरुकै जस्तो तरिकाले पाउँछ जनताको स्वीकार्यता?,’ उनले भने, ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन?’
कांग्रेस–एमाले स्थिरताका नाममा २०४७ सालको संविधानतिरै फर्कन खोजेको आरोप लगाए। उनले भने,’कताकता तपाईंहरुले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोज्नुभएको षड्यन्त्रको गन्ध आएको छ। तपाईंहरुको इच्छा ०४७ सालतिरै, त्यसैको वरिपरि फर्कने होला भन्ने लाग्छ मलाई।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस