कला

लघुकथा - आआफ्नै विवेक!

यस्तो लठेङ्ग्राले पनि हामीलाई पाल्छ। नहुँने नहराउँने, नगरिखाने नमरिजाने; मान्छिका छोराहरूले कति कमाएका हुन्छन् यत्तिको उमेरमा! -आत्मराम आफ्नो छोरालाई हकार्दै थियो।'

बाबुले चुपचाप सुनिरहेको थियो बा को गुनासो।

केभयो दाई किन रिसाएको? भन्दै त्यहीबेला रामप्रसाद टुप्पुलुक्क पुग्यो।

हेर न यो केटाको अक्कल; यस्तो पनि दाम्लो हुन्छ? -आत्मरामले छोराले बाटेको दाम्लो देखाउँदै भन्यो।'

दाम्लोको गलाम लामू छोटो भएछ।

भर्खर सिक्नथालेको बिचारा आउँने दिनमा हजूरको भन्दापनि राम्रो दाम्ला बाट्छ बाबुले चिन्ता नगर्नुस्! -रामप्रसादले सम्झाउँन खोज्छ।'

होइन भाई रामप्रसाद तिमी लाहुर जाँदैछौ यसलाईपनि लगेर जाउ सानोतिनो काम गर्छ की लाहुर गयोभने! -आत्मरामले भन्यो।'

जाँदैन म लाहुर म आफ्नै गाउँमा नाम्ला, दाम्ला र डोका बुनेर लाहुरेहरूले भन्दा बढी कमाउँछु। हजूरले जीवनभरी चौकिदारी गरेर के पाउँनुभयो!

-कहिल्यै नरिसाएको सोझो देखिने बाबु झ्रकियो।

दुबैजनाले उसैको अनुहार ट्वाल परेर हेरिरहे।

दाङ घोराही १८

२४-०६-०२०२३

तपाईँको मत