गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ, बने मनाङे र चुमान मन्त्री
- गाउँ सहर संवाददाता
- २५ चैत आइतबार, २०८० | १६:१५:०० मा प्रकाशित

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सिमलचाैरस्थित प्रदेश प्रमुखकाे निवासमा शपथग्रहण गराए ।
नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आइतबार बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमाेजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण गराएका हुन् ।
अधिकारी दाेस्राे पटक मुख्यमन्त्री बनेका हुन् । अधिकारीले शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् ।
सुरुवातमा मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । उनीहरुलाई मन्त्रालय भने दिइएको छैन । मुख्यमन्त्री अधिकारीलगत्तै मन्त्री चुमान र मनाङेले पनि शपथ लिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
प्रतिकृया दिनुहोस