नेपालको लगातार दोस्रो जित, बरोडालाई २७ रनले हरायाे
- गाउँ सहर संवाददाता
- २० चैत मंगलबार, २०८० | १८:३१:०० मा प्रकाशित

काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा गुजरात विरुद्ध ८ विकेटको जित निकालेको नेपालले आज बरोडा लाई २७ रनले हराएको हो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो ।
बरोडाका लागि भानु पानियाले २६ बलमा सर्वाधिक ३८ रन बनाए । बाबा खानले १८ बलमा २७ रन प्रहार गरे । यस्तै कप्तान विष्णु सोलाङ्कीले ३२ बल खेलेर २५ रन जोड्दा ओपनर अमित पासीले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालको जितमा करन केसीले ३ तथा सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए । यस्तै गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
त्यसअघि वापीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोड्यो ।
नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र २ छक्का सहित ४० रनको सर्वाधिक इनिङ खेले । यस्तै अर्को तर्फ दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।
नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल टोलीले १४ रन बनाएको अवस्थामा ९ रन बनाएर तेस्रो ओभरमा पहिलो विकेटको रूपमा पेभेलियन फर्किएका थिए । आशिफ शेख पनि पाँचौं ओभरमा ९ रन नै बनाएर आउट भए । दुवै ओपनर बाबा खानको बलमा आउट भएका थिए ।
चौथो नम्बरमा कप्तान रोहित कुमार पौडेल १३ बलमा ३ चौका सहित १८ रन बनाएर आठौ ओभरमा रन आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाह २७ बलमा २५ रन बनाएर परीक्षित पतीडरको।बलमा क्याच आउट भए ।
नेपालले पाँचौं विकेट पनि छिटै गुमायो । अनिल आउट भएपछिको छैठौं बलमा गुलशन झा १४ बलमा १३ रन बनाएर मोहित मोङ्गियाको बलमा क्याच आउट नै भए । त्यसपछि सन्दिप जोरा र कुशल मल्ल मिलेर इनिङ सम्हालेका थिए । छैठौं विकेटका लागि दुई जना मिलेर ४८ रनको साझेदारी गरे ।
सन्दिप १८औं ओभरको पाँचौं बलमा १६ बल खेल्दै २ चौका र २ छक्का सहीत २९ रन बनाएर रन आउट भएपछि साझेदारी तोडिएको थियो ।
बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १-१ विकेट लिए ।
नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा भोलि गुजरातको सामना गर्नेछ ।
नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस