गाउँ सहर

बेगनासताल किनारामा ड्रागन बोट रेस प्रतियोगिता  

लेखनाथ । गत वर्ष पोखराको फेवाताल किनारामा भएको अन्तराष्ट्रिय ड्रागन वोट रेस प्रतियोगिता यस वर्ष बेगनासताल किनारामा राष्ट्रिय स्तरका रुपमा संचालन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले   नेपालको पर्यटन बिकासका लागि खेलकुदलाई समेत जोड्न सकिने तथा  खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए ।  उनलेे अव हामीले खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु भित्र्याउन सकिने बताएका थिए ।

उद्घाटनका क्रममा  केवल पाँच मिनेटमा आफनो संवोधन सकेका मन्त्री श्रेष्ठले यहाँ रहेका तालहरुको उचित तरिकाले संरक्षण गरेर पर्यटनको आकर्षणको केन्द्रविन्दु देखि आय आर्जनमा समेत जोडिन सकिने बताउदै आजको मुख्य विषय बस्तु रमाईलोका लागि वोट रेस र होली पर्वलाई विषेश  बनाउन  सुझाव दिए।  

सोही कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले हामीसँग भएका सवै तालहरुको उचित रुपमा संरक्षण गरेर तालमा विभिन्न प्रकारका गतिविधीहरु संचालन गरेर यहाँका युवाहरु रोजगारीका लागि विदेशी भुमीमा होईन स्वदेशमा नै केही गर्नुृ पर्ने सुझाव दिएका थिए ।

प्रतियोगिताका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कंडेलले स्वागत मन्तव्य सहित वोट रेसको महत्वका वारेमा प्रकाश पारेको कार्यक्रममा नेपाल पर्यटन वोड गण्डकीका प्रमुख नविन पोखरेलले यहाँ रहेका सवै तालहरुको कुनै न कुनै बिषेशता भएकाले यी प्राकृतिक संपदाको संरक्षण गर्नु हामी सवैको कर्तब्य भएको वताएका थिए ।

नेपाल पर्यटन बोडका कार्यकारी सदस्य मदन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपाालिकाका प्रवक्ता मोतीराज तिमिल्सेनाले पोखरालाई पर्यटकीय राजधानी बनाउने जुन उद्घोष भएको छ त्यसैगरी खेलकुदको शहर पनि वनाउन सकिने विचार राखेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष ढकनाथ कडेलले बेगनासतालमा पहिलो पटक आयोजना गरिएको यो खेललाई वार्षिक रुपमा नै खलाउनु पर्ने आवस्यकता औल्याएका थिए ।  कायक्रमको सञ्चालन होटल तथा रेष्टुरेन्ट एशोसियसनका महासचिव सुरेस लामिछाने र सञ्चारिका समूह गण्डकी प्रदेशका पूर्व अध्यक्ष स्मिता अधिकारीले गरेका थिए भने होटल तथा रेष्टरेन्ट एशोसियसनका अध्यक्ष बिरभद्र कंडेलले स्वागत गरेका थिए ।

छिमेकी देश चिनबाट सुरु भई विश्वका ७५ भन्दा बढी देशमा संचालन हुदै आएको ड्रागन बोट रेस प्रतियोगिता नेपालमा समेत संचालन गरेर वाहिय पर्यटनको गन्तव्य स्थल बनाउन सकिने गरि प्रतियोगितात्मक रुपमा संचालन गरिएको हो । पानीमा खेलिने विभिन्न प्रकारका खेलहरु मध्ये ड्रागन बोट रेस पहिलो पटक कास्कीको दोस्रो ठुलो वेगनासतालमा चैत्र ११ र १२ गते राखिएको हो ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरीपोखरा महानगरपालिका र नेपाल पर्यटन र बोड गण्डकी प्रदेशको आयोजना र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथ् र ड्रागन बोट एसोसियसन गण्डकी प्रदेशको प्रवद्र्धनमा ड्रागन बोट रेस प्रतियोगिता संचालन गरिएको हो ।

बेगनासतालको पिप्ले टुडा देखि मन्दरे पार्क सम्मको दुरीमा भएको प्रतियोगितामा २ महिला समूह समेत  १६ समूहको सहभागीता रहेको छ । प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरि दुई समुहका खेल हुनेमा आईतवार दुई सय मिटरको खेल मात्र भएका थिए ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितीय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितीयलाई ५० हजार र तृतीयलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिने छ ।यस अघि बेगनासताल बसपार्कदेखि आमा समूहहरु, टोल विकास संस्थाहरु, युवा क्लबहरु ल्गायत विभिन्न सामाजिक संघ संस्थाहरु आफ्नो जातिय पहिचान सहित भेषभुषा,  पञ्चेबाजा र झाँकी र्याली सहित कार्यक्रमस्थलमा सहभागी भएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत