कला

लघुकथा:- बुद्धी

'अहिलेको कार्यक्रम यादगार हुनुपर्छ'- छविलालले  बेनर टाङ्गदै भने।

'हुन्छ नी व्यापक प्रचार प्रसार भएकै छ'(विनिरामले पनि समर्थनमा भन्यो।

मानववादीहरूको साधारण सभाको  कार्यक्रमका लागि व्यापक तैयारी गरिएको थियो।

मानिसहरू आउँने क्रम जारी नै थियो। 'मानव अधिकारका जति गफलगाएपनि समाजबाट बिभेद अन्मुलन गराउँन सकिएन। समाजभित्र जातिय, लैंङ्गिय अत्याचार  भएकै छ' (विनिरामले निरास हुँदै भन्यो।

'हो ! तर सबै समस्या ह्वात्तै हट्दैन सबै समस्याको हल बिस्तारै हुनेगर्छ। आफुले सकेसम्म कसैलाई पनि बिभेद नगर्ने हो।
आवाज उठाउँने ठाउँमा संगठनले उठाएकै छ।' (छविलालले विनिराम तिर हेर्दै भन्छन्।

'यो बिचमा डोरी बांधेको छु यता महिँला उता तिर पुरूष बिचमा भित्र बाहिर जानेहरूलाई बाटो।' (छविलालले हलमा आफुले बनाएको सिस्टम बतायो।
गज्जब राम्रो छ।

सबै व्यबस्था राम्रो भएको छ एउटा कमि देखेको छुँ भनौ की नभनौँ ? विनिरामले सोध्यो।

'गर्दागर्दै केही न केही त त्रुटी देखिहाल्छ।कसैकसैको बानी अरूले गरेको कामबाट त्यसमा रहेको झिना मसिना कम्जोरी कोट्याउँने नै हुन्छसफेरी पनि केहि छ भने भनिहाल ।'(छविलालले प्याच भन्यो।

'होइन मैले त ठट्टा गरेको हजूरको मन दुख्यो होला !' विनिरामले भन्यो।

सबै मानिसहरू हलमा आ आफ्नो सिटमा बसे एकजना बाहीर उभिएको देखेर छविलाल आफै उन्लाई बस्न अनुरोध गर्न पुगे।

'किन उभ्भिनु भयो ? बस्नुहोस सिटमा गएर। अब एकैछिनमा कार्यक्रम सुरू हुन्छ।' (छबिलालले अनुरोध गरे।

'म काँ बसने ? यता महिंला लेखेको छ उता पुरूषरु म तेस्रो लिङ्गिय परें स म बसने त ठाउँनै छैन् ।' (उसले निरास हुँदै भन्यो।

सुरेशकुमार पाण्डे

दाङ घोराही-१८

 

गाउँ सहर संवाददाता

तपाईँको मत