यस्ताे छ देशको पछिल्लाे आर्थिक तथा वित्तीय अवस्था (तथ्यांकसहित)
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण आइतबार, २०८० | १६:४१:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ के सात महिनाको तथ्यांकमा आधारित स्थिती सार्वजनिक गरेको हो ।
उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ भने आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ ।
त्यस्तै, यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ ।
नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्रास्फीति ३.७५ प्रतिशत, व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि (पूर्ण पाठसहित)
- अछामको आगलागीमा २७ घर नष्ट, ७ करोड भन्दा बढीको क्षति
- नेपालको विजयी सुरुवात, कतारमाथि ८ विकेटको जित
- नेप्स १.७३ अंकले बढेर ३.४४ अङ्कले घट्याे
- रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न दियाे अनुमति
- विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै दिउँसै टर्च बालेर शिक्षकहरूले गरे प्रदर्शन
- कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
- आज जनआन्दोलन दिवस मनाइँदै
- नेप्से परिसूचक ३२.४५ अंकले घट्याे
- संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसदमा संविधान मान्दिनँ भन्नु ?
प्रतिकृया दिनुहोस