दिगोविकास

संसदमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताबीच घाेचपेच

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए । 

चुनावबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताए ।

‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो । गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ उनले भने ।

व्यक्तिगत रुपले हाम्रो सम्बन्ध यथावत रहेको भन्दै उनले भने, ‘यो सदनमा रहेका सबैप्रति मेरो व्यक्तिगत सम्मान छ । सबै साथीका प्रति सम्मान छ ।’

राजनीति मर्यादा र सम्मानले मात्रै नभएको भन्दै गठबन्धनको मर्मविपरीत गठबन्धन भत्काएको आरोप लगाए । 

‘अरु कुरा पनि चाहिन्छ भनेर उहाँले भनेको स्वीकार गर्दै प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो । त्यो हाम्रो निष्कर्ष हो,’ उनले भने । 

‘नेपाली जनताको जनमतको अपमान गर्दै तथाकथित कारण निकाल्दै, अविश्वसनीय काम गरियो त्यसलाई कठोरतापूर्वक, निर्ममतापूर्व भन्नैपर्यो, यो राजनीतिक बेइमानी हो । भनिएको हो ।’

साथर् सत्ताबाट एकाएक प्रतिपक्षमा धकेलिनुपरेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत प्रमाणित गर्न चुनौती दिएको छ । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको बैठकमा आफ्नो पार्टीको निर्णय र धारणा जानकारी गराउँदै संविधानको धारा १०० तर्फ ध्यानाकर्षण गराएका हुन् ।

संविधानको धारा १०० उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ ।

लेखकले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने निर्णय लिएको जानकारी पनि सदनलाई जानकारी गराएका थिए । 

कांग्रेसलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गरे । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो ।’

साथै, उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताए । 

‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ । यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उनले भने, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु ।’

नयाँ सत्ता समीकरणलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाको आधारमा हेर्नुपर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत