वर्ल्ड बैंकले २०० मिलियन डलर सहयाेग दिने, जलवायु अनुकूल पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षा
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण शुक्रबार, २०८० | १५:०५:०० मा प्रकाशित

काठमाडौँ । विश्व बैंकले नेपाललाई दुई वटा कार्यक्रम सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले नेपालमा दुई वटा आयोजना सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।
यससँगै, विश्व बैंकबाट नेपालमा हरित अर्थतन्त्र निर्माणका लागि लचिलो र समावेशी विकासका लागि प्रयोग हुनेछ । यसबाहेक, प्रदेश र स्थानीय तहसम्म फैलिएका सडक सञ्जाललाई गुणस्तरीय र भरपर्दो बनाउनका लागि प्रयोग हुने विश्व बैंक नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो रकमले नेपालमा जलवायु अनुकूल (हरित) पूर्वाधार निर्माणमा सहयोग पुग्ने र नेपालको ऋण पारदर्शी र खण्डीकरणमा सहयोग पुग्ने अपेक्षा विश्व बैंकको छ । यस्तै, नेपालमा आउने विदेशी लगानीलाई बढवा दिन समेत प्रभावकारी हुने बताइएको छ ।
यस्तै, १०० मिलियन अमेरिकी डलर भने स्थानीय तह र प्रदेशसम्म फैलिएको सडक सञ्जाललाई गुणस्तरीय र जलवायु अनुकूल बनाउन खर्च गर्नुपर्ने हुन्छ । यो रकम नेपालको ढुवानी लागत घटाउने गरी सडकको मर्मत सम्भार र पुल निर्माणमा लगाउनुपर्ने विश्व बैंकले जनाएको छ । जसबाट स्थानीय उत्पादनलाई बजारसम्मको सहज पहुँचको निर्माण गर्नेछ ।
यो कार्यक्रम तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्नुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
प्रतिकृया दिनुहोस