गाउँ सहर
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण सोमबार, २०८० | १९:३७:०० मा प्रकाशित

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल घटेपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
केहि महिना अघि लडेर आचार्यको टाउकोमा चोट लागेको थियो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । त्यसपछि राष्ट्रिय सम्मानका साथ उहाँको अन्तिम संस्कार गरिने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस