एक वर्षपछि बल्ल पाए यू-१९ विश्वकप खेलेर आएका खेलाडीले पुरस्कार (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | १७:१४:०० मा प्रकाशित

काठमाडौं । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् ।
नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी खेलाडीलाई सम्मान सहित नगद पुरस्कार हस्तान्तरण गरेको हो ।
टिमका १४ खेलाडी र ३ व्यवस्थापकीय टिमले आइतबार मन्त्रालयमा पुरस्कार प्राप्त गरेका हुन् ।
खेलाडीले जनही ३ लाख रुपैयाँ पाएका छन् । प्रमुख प्रशिक्षक जगत टमाटाले २ लाख रुपैयाँ र टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवाले जनही १ लाख पाएका छन् ।
खेलकुद मन्त्रालयले पोहोर फागुनमा विश्वकप छनोट भएपछि खेलकुद पुरस्कार अनुसुची अनुरुप घोषणा गरिएको रकम खेलाडीलाई हस्तान्तरण गरेको हो ।
यू–१९ टिमले विश्वकप छनोट वापत नेपाल क्रिकेट संघ (क्यान)बाट घोषणा भएको १ लाख रुपैयाँ भने गत बिहीबार नै प्राप्त गरिसकेका छन् ।
नेपाल सरकार र क्यानले गत फागुनमा विश्वकप छनोट भएपश्चात युवा टोलीलाई पुरस्कारको घोषणा गरेको थियो । अब यू–१९ टिमले एसिया कप छनोट भएवापत क्यानले घोषणा गरेको ५० हजार रुपैयाँ भने प्राप्त गर्न बाँकी रहेको छ ।
नेपाल सरकारबाट जनही ३ लाख पाउने खेलाडी
देव खनाल (कप्तान), दिपेश प्रसाद कंडेल (उपकप्तान), दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम के.सी र मिलन बोहरा ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस