गाउँ सहर

बाँसबारी जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको  जिल्ला अदालत काठमाडौंले जनाएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  पहिलो म्यादको अनुमति दिएको हो।

दुवै जनालाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो।

सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत