काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार
- गाउँ सहर संवाददाता
- ५ माघ शुक्रबार, २०८० | १७:२७:०० मा प्रकाशित

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौँ महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न भनेका थिए । अन्ततः अधिकारीको सरुवा आयोगमा भएको हो ।
युवा तथा कान्छा सहसचिव परियारका लागि यो निकै राम्रो अवसर पनि हो भने त्यतिकै चुनौती पनि छ । सङ्घीय राजधानीस्थित ठुलो महानगरमा मेयर साहको योजना अनुरूप सबैलाई मिलाएर अघि बढ्नु पर्ने चुनौती छ । यद्यपि मेयर साहकै रोजाईमा उनी त्यहाँ गएकोले लय मिलाउन सके उतिकै सहज पनि छ ।
काठमाडौं महानगरमा केही करार कर्मचारी थप्ने सम्बन्धी प्रस्तावमा गडबडी गरिएको पाइएपछि मेयर बालेन्द्र साहले चार कर्मचारीलाई निलम्बनमा राखेका थिए । उनकै सचिवालयकी एक कर्मचारीले छलछाम गरेर आफ्नी छोरीलाई करार जागिरमा घुसाउने प्रयास गरेकी थिइन् । उक्त काममा प्रमुख प्रशासकीय अधिकृतको पनि हस्ताक्षर प्रयोग भएको पाइएपछि बालेनले उनलाई पनि अफिस नआउन निर्देशन दिएका थिए । उनको गाडी पनि खोसिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस