गाउँ सहर

टुँडिखेलमा माघी मेलाकाे भीडमा च्यापिएर १६ जना घाइते (नामावलीसहित)

काठमाडौं । माघी मेलाको भिडभाडमा च्यापिएर घाइते हुनेको संख्या १६ पुगेको छ ।

टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा भीडभाडमा मानिसहरू च्यापिएका हुन् ।

अपराह्न ४ बजे भीडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भीडभाड बढेको थियो । प्रहरीले यस क्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको थियो ।

भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुंगेलले बताए ।

घाइतेको विवरण:

१. जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने) 
२. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने) 
३. जिल्ला धादिङ गंगा जमुना गाउँँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।
४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।
५. जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।
६. जिल्ला प्युठान खलङगा गाउँँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।
७. जिल्ला कैलाली भजनिया नगरपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।
८. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने) ।
९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (वेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।
१०. जिल्ला कैलाली घोडाघोडी गाउँँपालिका घर भई काठमाडौँ जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।
११. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाया खुट्टामा चोट बोल्न सक्ने) । 
१२. जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने वर्ष २५ की निशा राना थापा दुबै खुट्टामा सामन्य चोट बोल्न सक्ने ।
१३. जिल्ला संखुवाशभा म्यादी नगरपालिका ०४ घर भई का.जि. मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ निधार,बाँया कुम र दुबै खुट्टामा चोट बोल्न सक्ने ।
१४. जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल बाँया गालामा चोट अबस्था बोल्न सक्ने ।
१५. जिल्ला दोलखा आरुघाट गाउँपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल सामान्य ।
१६. जिल्ला उदयपुर रौतामाई गाउँपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर अनुहार र ढाडमा चोट बोल्न सक्ने ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत